२ फाल्गुन २०८२, शनिबार

कास्कीमा पहिरोमा परेर एक परिवारका ६ सहित ११ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 12th, 2024

नेपाल । अविरल वर्षासँगै बिहीबार राति पहिरो जाँदा ठाउँठाउँमा दुःखद् घटनाहरु भएको समाचार आउन थालेको छ ।

यसैक्रममा पोखरामा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको छ। दुईजना सम्पर्कविहीन छन् ।

पोखरा महानगरपालिका(१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा उनीसहित सातजनाको मृत्यु भएको छ ।

यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र भदा ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्