११ चैत्र २०८१, सोमबार

पर्यटन मन्त्रीको आह्वान-संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाऊ

कोलोराडोखबर संवाददाता , November 29th, 2023

नेपाल । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारभरका बुद्धमार्गीलाई ‘लुम्बिनी जाऔँ’ भन्ने अभियान चलाउन आह्वान गर्नुभएको छ ।

बुद्धजन्मस्थल लुम्बिनीमा शान्तिका लागि प्राथना गर्न कोरियाली धर्मगुरुद्वारा निर्माण गरिएको ‘शान्ति घन्टी’ को आज उद्घाटन गर्दै मन्त्री किरातीले बुद्धको सन्देश विश्वभर फैलाउन शान्ति घन्टीले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘नेपालीहरू पाहुनालाई भगवान् मान्छौँ, अब तपाईहरूले बुद्धभूमि लुम्बिनी जाऔँ भन्ने अभियान चलाउनुहोला’, मन्त्री किरातीले भन्नुभयो, ‘परिवारसहित लुम्बिनी घुम्न आउनुहोस् ।’

 

प्रतिक्रिया दिनुहोस्