२६ माघ २०८२, सोमबार

नेकपा एसमा थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशलाई जिम्मेवारी

कोलोराडोखबर संवाददाता , July 8th, 2024

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) समाजवादी केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न भएको छ ।

शनिबार र आइतबार दुईदिनसम्म चलेको बैठकले प्रदेशका इन्चार्ज र सचिवहरुसँग केन्द्रीय कमिटी सदस्यको नाम मागेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख खतिवडाले केन्द्रीय कमिटी बैठकले सबै प्रदेश र जिल्लाबाट क्लस्टर मिलाएर केन्द्रीय सदस्यका लागि नाम दिन प्रदेश इन्चार्जहरुलाई आग्रह गरेको जानकारी दिनुभयो ।

नेता खतिवडाकाअनुसार बढीमा १० दिनमा केन्द्रीय कमिटी सदस्यको टुङ्गो लाग्नेछ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा भएको दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालको नाम मात्र टुङ्गो लगाएको छ। केन्द्रीय कमिटीलाई पूर्णता दिने म्याण्डेट सचिवालयलाई दिएको थियो ।

सोही म्याण्डेटअनुसार पहिलेका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय भएको छ । त्यसरी बनेको ९३ जनाको केन्द्रीय कमिटीले थप केन्द्रीय सदस्य चयन गर्न प्रदेशका इन्चार्ज, सचिव र केन्द्रीय सदस्यहरुलाई दिएको हो ।

एकीकृत समाजवादीको महाधिवेशन अघि बसेको सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्