२ फाल्गुन २०८२, शनिबार

नेपालका विभिन्न स्थान बाढीपहिरोबाट प्रभावित, ९ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 7th, 2024

नेपाल । नेपालमा केही दिनदेखिको लगातार वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा धनजनको क्षति भएका समाचारहरु आएका छन् ।

यसैक्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको हो ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी–पहिरोमा परी पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको छ ।

यता, सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । आइतबार बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

प्रतिक्रिया दिनुहोस्