२७ माघ २०८२, मंगलवार

एमालेद्वारा दीर्घकालीन असर गर्ने काम नगर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण

कोलोराडोखबर संवाददाता , July 5th, 2024

नेपाल । प्रचण्ड सरकार अल्पमतमा परिसकेकाले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन नेकपा एमालले ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकार स्पष्टतः अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको हो ।

प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै दीर्घकालीन असर पर्ने काम नगर्न–नगराउन विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्