२८ माघ २०८२, बुधबार

प्रचण्ड सरकार अल्पमतमा, एमाले मन्त्रीहरुले बुझाए राजीनामा

कोलोराडोखबर संवाददाता , July 4th, 2024

नेपाल । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

बुधबार राति राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् ।

राजीनामापछि उनीहरुले प्रधानमन्त्रीसँग सामूहिक तस्वीर पनि खिचाए । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री थिए ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले एमाललेले बुधबारै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको थियो ।

योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्