४ असार २०८३, बिहीबार

प्रचण्ड, ओली र लामिछानेबीचको भेटवार्ता नियमितमात्रै हो कि अरु केही ?

कोलोराडोखबर संवाददाता , July 1st, 2024

नेपाल । आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । शनिवार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटेको विषयमा पनि सामान्य कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि यो भेटवार्ता नियमित प्रक्रिया भएको बताए ।

शनिवार सभापति देउवा र ओलीबीच बालकोटमा भेटवार्ता भएको थियो । यसले सत्ता समीकरणमा फेरबदल हुन लागेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्