२७ माघ २०८२, मंगलवार

एमाले अध्यक्ष ओलीसँगको भेटपछि देउवाले बोलाए किन पदाधिकारी बैठक ?

कोलोराडोखबर संवाददाता , July 1st, 2024

नेपाल । शनिबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पदाधिकारी बैठक बोलाएका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमका साथै पार्टीको गतिविधिबारे छलफल हुनेछ । एमाले अध्यक्ष ओलीसँग भेटेर फर्किए लगत्तै देउवाले पदाधिकारी बैठक डाक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्