३ फाल्गुन २०८२, आईतवार

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन शुरु, २० गतेसम्म चल्ने

कोलोराडोखबर संवाददाता , July 1st, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गरिएको छ ।

आइतबार राजधानीको प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन गरिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनको उद्घाटन गर्नु भएको हो ।

राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सुरु भएको महाधिवेशन असार २० गतेसम्म चल्नेछ।

उद्घाटन समारोहमा प्रधानमन्त्री पुुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके रावत, नेकपाका महासचिव विप्लव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायतका अन्य दलहरुको नेताहरुको उपस्थिति रहेको थियो ।

आइतबार बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्