नेपाल । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेशियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जीबी राई मलेशियामा रहेको तथ्य पत्ता लागेको र उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेशियाका गृहमन्त्रीसँग दुईपटक कुराकानी गरिसकेको बताए ।
उनले कानूनी माध्यमबाट नै समस्या हल गर्नुपर्ने भन्दै दुवैतर्फका राज्य संयन्त्र संवादमा रहेको बताए । उनले संवादको क्रममा मलेशिया सरकार सकारात्मक देखिएको र माग गरेअनुरूपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्