१० बैशाख २०८३, बिहीबार

राष्ट्रिय महाधिवेशनका लागि नेकपा एसका प्रतिनिधि छनोट

कोलोराडोखबर संवाददाता , June 20th, 2024

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न बुधबार निर्वाचन सम्पन्न गरेको छ ।

देशभर एकलाख ४६ हजार सात सय १४ सङ्गठित सदस्यमध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको हो ।

खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ । त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन् ।

यही असार १६ देखि २० गते काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीले एकसय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्