३ फाल्गुन २०८२, आईतवार

जसपा नेपालको केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष यादवलाई

कोलोराडोखबर संवाददाता , June 14th, 2024

नेपाल । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ ।

बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो । अध्यक्षमा भने यादव भने निर्विरोध निर्वाचिन भइसक्नुभएको छ ।

महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको निर्वाचन तालिका स्थगित गरी सहमतिबाट चयन गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्