नेपाल । अविरत वर्षासँगै बिहीबार रातिको पहिरोमा परेर ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ मा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । लिम्बुको घर बगाउनुको साथै ५० वटा बाख्रा र ५० वटा कुखुरा मरेको छ ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन् । उनको घर पनि पहिरोले बगाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्