२४ माघ २०८२, शनिबार

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी

कोलोराडोखबर संवाददाता , June 13th, 2024

नेपाल । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने बारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमण, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा भित्र्याउने तयारी र संसद्‌मा सरकारको आगामी आर्थिक वर्षको बजेटबारे छलफल भइरहेका वेला उनीहरूबीच सिंहदरबारमा भेट भएको हो ।

भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले प्रधानमन्त्रीसँग राम्रो छलफल भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्