नेपाल । गण्डकी प्रदेशका माओवादी चुनाव चिन्हबाट चुनाव जितेका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेसँगै काँग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रको संसदीय दलमा रहेका नेसपाका सांसद देवकोटाले माओवादीको ह्विप विपरीत फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका हुन् ।
यससँगै ३१ जनाको बहुमत पुगेको छ । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटाले मतदान गरे ।
२०७४ मा भएको निर्वाचनमा देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्