२८ माघ २०८२, बुधबार

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन सोमबारदेखि

कोलोराडोखबर संवाददाता , June 10th, 2024

नेपाल । उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले एकताको राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरधाममा सुरु हुँदैछ । महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्नेछ ।

महाधिवेशनका लागि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा विशाल पण्डाल निर्माण गरिएको छ ।

उद्घाटन सत्रमा विभिन्न मुलुकका प्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेताको सहभागिता रहनेछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गरिनेछ । पार्टी विभाजन भएकाले अध्यक्षमा पुनः उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्