५ आश्विन २०८३, सोमबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रघुवीर महासेठलाई

कोलोराडोखबर संवाददाता , June 9th, 2024

नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्