३ फाल्गुन २०८२, आईतवार

मधेश प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति

कोलोराडोखबर संवाददाता , May 31st, 2024

नेपाल । सीके राउत नेतृत्वको जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन गर्ने तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडौंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्तो सहमति गरेको हो । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेको थियो ।

मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ ।

हाल उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको नेतृत्वमा सरकार छ । सरकारबाट एमाले र माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिएपछि सरकार फर्ने कसरत गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्