नेपाल । आइतबारदेखि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सडक आन्दोलन थालेको छ । लाखौँ नेपालीको सहकारीको बचत रकम अपचलन तथा ठगीविरुद्ध कांग्रेसले सडक आन्दोलन थालेको हो ।
आइतबार पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन ओटै जिल्लाका १५ निर्वाचन क्षेत्रबाट प्रदर्शन भएको छ । १५ निर्वाचन क्षेत्रबाट भेला भएर भृकुटीमण्डपमा वृहत कार्यक्रम भएको हो ।
कांग्रेसले सहकारीका बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने सहितका माग राखेर उपत्यकाकेन्द्रित सडक आन्दोलन गरेको हो ।
कांग्रेसले ३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको बचत यसरी सहकारीका सीमित सञ्चालक र निजी कम्पनीहरूले संगठित रूपमा अपचलन, ठगी र दुरुपयोग गरेको जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्