२६ माघ २०८२, सोमबार

१७ महिनामै प्रचण्डले लिए चौथो पटक विश्वासको मत

कोलोराडोखबर संवाददाता , May 21st, 2024

नेपाल । नेपाली काँग्रेसको अवरोध र नाराबाजीका वाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी सम्हालेको १७ महिना नबित्दै चौथो पटक संससबाट विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत १ सय ५७ सांसदले दिएका थिए । विपक्षमा शून्य मत परेको थियो । प्रधानमन्त्रीलाई एमालेका ७६, माओवादीका ३२, रास्वपाका २१, एकीकृत समाजवादीका ९, जसपाका ७, जनमतका ६, नागरिक उन्मुक्तिका ३, स्वतन्त्र २ र आम जनता पार्टीका १ सांसदले विश्वासको मत दिएका हुन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्न भन्नेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै थिए । कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपाल, जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावमा सहभागिता नै जनाएनन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएपछि विश्वासको मत पनि फिर्ता लिएपछि प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्