२८ माघ २०८२, बुधबार

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न रोकेको छैन, ‘काँग्रेसले खण्डन गर्न पाउनु पर्छ’

कोलोराडोखबर संवाददाता , May 19th, 2024

नेपाल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नु गलत हो भन्नु भएको छ ।

‘उनले बोलेको कुरामा चित्त नबुझे खण्डन गर्ने कांग्रेसको अडान पछि बोल्न नचाहेका हुन्’, नेता कोइरालाले भन्नु भयो ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेस बोल्न दिने कुरामा सहमत भएको जिकी गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्