३ फाल्गुन २०८२, आईतवार

वर्तमान सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने नेकपा एसको निष्कर्ष

कोलोराडोखबर संवाददाता , May 8th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । मुलुकमा विकसित राजनीतिक घटनाक्रमहरुलाई गहिरो विश्लेषण गर्दै सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने निष्कर्ष निकालिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यसैगरी बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियामा सहभागी हुन र संसदमा प्रभावकारी भुमिका खेल्न पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्