काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र नविन ढुंगानालाई तारेखमा राखेको छ ।
यी दुबैलाई विवादास्पद अडियो प्रकरणपछि सर्वोच्च अदालतले बयानका लागि बोलाएको थियो । कँडेलको बिहीबार र ढुंगानाको शुक्रबार बयान सकिएको छ ।
अडियो उपलब्ध गराउने व्यक्ति भनिएका राजकुमार तिमल्सिना पनि सम्पर्कमा आएका छन् । सर्वोच्च अदालतले तिमल्सिनालाई आइतबार बयानमा बोलाएको छ ।
अदालतको अवहेलना मुद्धामा सर्वोच्चले उनीहरुको बयान लिइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्