नेपाल । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकमा आइतबार समूहको छलफलको निष्कर्ष प्रस्तुति सकिएको छ ।
एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहित नेताहरूले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि सहभागीहरूले ६ समूहमार्फत सुझाव दिएका हुन ।
सुझाव राख्ने टोली नेतामा समूह–१ का मोहनमाया ढकाल, समूह–२ का कृष्णप्रसाद जैसी, समूह–३ का ठाकुर गैरे, समूह–४ का शान्ति पाख्रिन, समूह–५ का ऋषिकेश पोखरेल र समूह–६ का श्यामकुमार बस्नेत रहनुभएको छ ।
उक्त बैठक सोमबार सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस्