२१ बैशाख २०८१, शुक्रबार

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखको कदमप्रति काँग्रेसको आपत्ति

कोलोराडोखबर संवाददाता , April 20th, 2024

नेपाल । शुक्रबार नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरी गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले गरेका निर्णय गैरसंवैधानिक भएको ठहर गरेको छ ।

गण्डकीमा सरकार बनाउन सभामुख समेतको हस्ताक्षरलाई मान्यता दिएर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयप्रति कांग्रेसले आपत्ति जनाएको हो ।

यता, सुदूरपश्चिम सरकार प्रमुख नजिर मियाँले सरकार बनाउन दोस्रोपटक समय दिएकोप्रति पनि कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यी दुई प्रदेशका प्रमुखले हुँदै नभएको अधिकार प्रयोग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्