२१ बैशाख २०८१, शुक्रबार

नेपालमा सुनको मूल्य तोलाकै १ लाख ३९ हजार पुग्यो !

कोलोराडोखबर संवाददाता , April 14th, 2024

नेपाल । नेपालमा सुनचाँदीको मूल्य बढ्दै गएको छ ।

गत शुक्रबार २०८० को अन्तिम दिन सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ र चाँदी प्रतितोला ५० रुपैयाँ बढेको थियो ।

नेपाली बजारमा गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार र तेजावी सुन पनि प्रतितोला १ लाख ३८ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो भने चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य अझै बढ्ने आंकलन छ ।

प्रतिक्रिया दिनुहोस्