२१ बैशाख २०८१, शुक्रबार

कविताः नयाँ वर्षको शुभकामना

कोलोराडोखबर संवाददाता , April 13th, 2024
–ज्ञानेन्द्र गदाल–
***
बग्दोछ गति बेलाको, खै कस्ले रोक्न सक्छ र !
सधैं जस्तो आज फेरि, फेरियो है क्यालेण्डर
बितेका ति दिनहरुमा, गरेका ती बाचाहरु
हामीबाट समाजले राखेका केइ आशाहरु
सबै सबै पुरा गर्ने, अवसर र शक्ति मिलोस्
बिसंगति बेथितिको, पिडाबाट मुक्ति मिलोस् ।
आजसम्मका अनुभवले, कमाएका सबै कुरा
सम्हालेर अघि बढ्नु, टेक्नु हिमालको टाकुरा
बाँकी यात्रा सहज बनोस्, गर्नु चुनौति सामना
नयाँ वर्ष एकासी सालको, सबैलाई शुभकामना ।
***
-कोलोराडो, अमेरिका ।

प्रतिक्रिया दिनुहोस्