२३ कार्तिक २०८१, शुक्रबार

काँग्रेस संसदीय दलको बैठक बस्दै, मंगलबार पनि संसद बैठक चल्न नदिने रणनीति

कोलोराडोखबर संवाददाता , April 9th, 2024

नेपाल । नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको छ ।

संसद्को आगामी बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो ।

मंगलबार बस्ने प्रतिनिधिसभा बैठक पनि चल्न नदिने रणनीतिमा काँग्रेस छ ।

गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि उनीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्