२५ माघ २०८१, शुक्रबार

काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, उपनिर्वाचनका लागि उम्मेदवार चयन गरिने

कोलोराडोखबर संवाददाता , April 2nd, 2024

नेपाल । मंगलबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो ।

उक्त बैठकले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार तय गर्नेछ । आगामी बैशाख १५ इलाम क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा र बझाङ १ क मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ ।

इलाम २ मा यसअघि एमालेले जितेको थियो भने बझाङ १ क मा कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्