१८ आश्विन २०८३, आईतवार

कांग्रेसको १५औँ महाधिवेशन शुरु हुँदै, ७ हजार ५ प्रतिनिधिहरूको सहभागिता

कोलोराडोखबर संवाददाता , October 4th, 2026

नेपाल । नेपाली कांग्रेसको १५ औँ राष्ट्रिय महाधिवेशन आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा औपचारिक रूपमा शुरू हुँदैछ ।

पाँच दिनसम्म सञ्चालन हुने यस महाधिवेशनमा देशभरि तथा प्रवासबाट आएका ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको नयाँ वैचारिक दिशा तय गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नेछ ।

उद्घाटन सत्रलाई भव्य र सुव्यवस्थित बनाउन खुलामञ्च परिसरको मञ्च सजावट, सुरक्षा व्यवस्थापन तथा अन्य प्राविधिक तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्