३ फाल्गुन २०८१, शनिबार

नेपालका प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदै

कोलोराडोखबर संवाददाता , March 13th, 2024

नेपाल । नेपालमा सत्ता गठबन्धन फेरबदल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्री दाहालले आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका पनि विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ । फेरिएको सत्ता गठबन्धन पनि प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।

वर्तमान सरकारमा माओवादीसहित एमाले, रास्वपा, जसपा र नेकपा एस सहभागी छन् । पाँच दलबीच मंगलबार भएको ७ बुँदे सहमति अनुसार प्रचण्डलाई विश्वासको मत दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्