१८ भाद्र २०८३, बिहीबार

प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड

कोलोराडोखबर संवाददाता , September 3rd, 2026

नेपाल । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिएका छन्।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले राहत वितरण र उद्धार कार्यमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका हुन्। सांसद केसीले राष्ट्रिय विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने बताए।

सरकारले राहत वितरणमा प्रभावकारिता देखाउन नसकेको भन्दै उनले त्रिशूली पारि रसुवा लगायतका क्षेत्रमा अझै राहत पुग्न नसकेको दाबी गरे। विशेषगरी सिमलताल लगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलो गरेको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्