३ आश्विन २०८१, बिहीबार

राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदै

कोलोराडोखबर संवाददाता , March 12th, 2024

नेपाल । नेपालको राष्ट्रिय सभाको अध्यक्षका लागि मंगलबार मतदान हुँदैछ ।

तत्कालीन गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो ।

अध्यक्षका लागि दुई उम्मेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार छन् ।

अध्यक्षका उम्मेदवार दाहाल पनि राष्ट्रपतिबाट मनोनित सांसद हुन् । कांग्रेसले अघि सारेका शर्मा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन् । यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन् ।

यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन् । लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्