३० भाद्र २०८१, आईतवार

आठ खर्ब ३९ अर्ब भित्रियो रेमिट्यान्स

कोलोराडोखबर संवाददाता , March 11th, 2024

नेपाल । चालु आर्थिक वर्षमा रेमिट्यान्स मार्फत् ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २१.१६ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

चालु आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७ सय ६७ र १ लाख ६७ हजार ७ सय ८ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्