नेपाल । संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
सत्ता गठबन्धन फेरिएपछि बस्न लागेको बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ ।
यसैबीच बिहीबारनै संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्