नेपाल । हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् ।
पर्वतारोहण सञ्चालक संघका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् ।
सङ्घका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, “आरोहण सुरु भएको पछिल्लो एक सातामा १४० जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन २७४ जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो ।”
पछिल्लो दुई दिनयता हिमआँधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्