३ आश्विन २०८१, बिहीबार

काँग्रेस र समाजवादी सरकारबाट आउट, अब एमाले र रास्वपा प्रचण्डका सारथी

कोलोराडोखबर संवाददाता , March 4th, 2024

नेपाल । सोमबार नेपालमा सत्ता गठबन्धन परिवर्तन भएको छ । काँग्रेस र नेकपा एस सरकारबाट बाहिरिंदा एमाले र रास्वपा भित्रिएका छन् ।

आजै सरकारमा ३ मन्त्री नियुक्त भएका छन् । माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डीपी अर्यालले राष्टपति रामचन्द्र पौडेलबाट सपथ लिएका छन् ।

मन्त्रालयको जिम्मेवारी भने पाएका छ्रैनन्, एक दुई दिनभित्र अरु सदस्य पनि थपिने र मन्त्रालयको भाडबण्डा हुनेछ । अहिले सबै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्