नेपाल । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि शुरु हुँदैछ । ललितपुरको गोदावरीमा बैठक हुने भएको हो ।
बैठकमा आधिकारिक प्रतिनिधिको संख्या दुई हजार १०५ भए पनि सहभागीको संख्या २५ सय बढी पुग्ने जनाइएको छ । केन्द्रीय समितिका १६५ जना, संघीय निर्वाचन क्षेत्रबाट १ हजार ७८०, जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापति लगायत सहभागी हुनेछन् ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेश गरिने छ ।
नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नेछन् । महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक प्रतिवेदन बैठकमा पेश गर्ने छन् ।
प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।
प्रतिक्रिया दिनुहोस्