४ पुष २०८२, शुक्रबार

एमालेको नवनिर्वाचिन केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दै

कोलोराडोखबर संवाददाता , December 19th, 2025

नेपाल । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचिन केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ ।

दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्