३० भाद्र २०८१, आईतवार

अमेरिका पठाउने भन्दै ११ जना भारतीयलाई बन्धक बनाउने ९ जना काठमाडौंबाट पक्राउ

कोलोराडोखबर संवाददाता , February 16th, 2024

अमेरिका । ११ जना भारतीयलाई अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरुमा भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अमेरिका पठाउने भन्दै आरोपितले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको छ ।

अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिष कुमार र गुरप्रित सिंह छन् ।

प्रतिक्रिया दिनुहोस्