नेपाल । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिन्ह नफेर्ने भएको छ । बिहीबार सम्पन्न विधान अधिवेशनले केन्द्रीय समिति संख्या बढाउनेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेसम्म निर्णय गरेको हो ।
चैत र वैशाखमा फेरि अभियान चलाउने निर्णय पनि भएको छ ।
हलबाट आएको प्रस्तावमध्ये १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । स्थायी स्थायी समिति केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउने लगायतका निर्णय पनि भएको छ ।
२० वटै समूहबाट जोडदार रुपमा उठेको प्रत्यक्ष निर्वाचन प्रणाली अधिवेशनले अनुमोदन गरेको छ । यद्यपि पदाधिकारी भने समितिबाट नै हुने गरी यथावत् राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्