नेपाल । फागुन ३ गते बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा फागुन ७ देखि १० गतेसम्म हुने कांग्रेस महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेस महासमिति बैठक ललितपुरको गोदावरीमा हुँदैछ ।
पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्ने गरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।
महासमिति बैठकमा दुई हजार तीन सय भन्दा बढी महासमिति सदस्य सहभागी हुने छन् ।
प्रतिक्रिया दिनुहोस्