नेपाल । आइतबार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने गरी तय भएको छ ।
पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आइतबार र सोमबार दुई दिनसम्म चल्नेछ। बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।
पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो।
‘जनतासँग माओवादी विशेष अभियान’ गत भदौ १६ गतेदेखि सुरु भएको र पुस १७ गतेसम्म चलेको थियो ।
प्रतिक्रिया दिनुहोस्