३ कार्तिक २०८२, सोमबार

नेपालमा ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने निर्णय

कोलोराडोखबर संवाददाता , October 20th, 2025

नेपाल । नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुका लागि हवाई भाडामा छुट दिने निर्णय गरेको छ ।

प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सन्चालक सङ्घका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच भएको बैठकको सहमतिअनुसार भाडा छुटको निर्णय भएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

सहमतिअनुसार ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ । प्राधिकरणले सहमति भएका व्यवस्था आइतबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्