७ जेष्ठ २०८१, सोमबार

कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , November 7th, 2023

कोलोराडो । अमेरिकाको कोलोराडो नेपाली सामुदायिक केन्द्रको सहयोगार्थ आगामी नोभेम्बर १० तारिकका दिन देउसी भैलो कार्यक्रम आयोजना गरिने भएको छ ।

नेपाली साँस्कृतिक केन्द्रमा साँझ ४ः३० बजेदेखि ८ः३० बजेसम्म देउसी भैलो कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक बासुदेव खनालले बताउनु भयो ।

सो कार्यक्रममा सहभागी हुन र यथासक्य सहयोग गरिदिनु हुन संयोजक खनालले अनुरोध गर्नु भयो ।

‘यो कार्यक्रम सम्पूर्ण कोलोराडोवासीहरुको कार्यक्रम हो, तसर्थः यसलाई भव्यरुपमा सफल पारौं’– अध्यक्ष खनालले आह्वान गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्