नेपाल (काठमाडौं) । बिनोद राईले २० लाख नगद सहितको भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि जितेका छन् ।
शुक्रबार राती आयोजित कार्यक्रममा राई दर्शकको सर्वाधिक भोटको आधारमा उपाधि बिजेता भएको घोषित भएका हुन् । बिजेता राईले कोच मिलन नेवार समूहको प्रतिनिधित्व गर्छन् ।
त्यसैगरी मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।
उक्त फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।
प्रतिक्रिया दिनुहोस्