नेपाल । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा आइतबार राति भएको आगलागीबाट तीन वटा होटल र एउटा लघुवित्तको कार्यालय जलेर पूर्णतः नष्ट भएको छ ।
आइतबार साँझ हलेसी बजारमा रहेको एउटा ग्यास पसलबाट आगो लाग्न सुरू भएको थियो । आगो २ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
स्थानीय नागरिक, सुरक्षाकर्मी लगायतले आगो नियन्त्रण्मा लिएका हुन् । स्थानीय पदम राईको हार्डवेयर पसलमा रहेको ग्यास स्टोरबाट आगो सुरु भएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्