२२ मंसिर २०८१, शनिबार

त्रिवि उपकुलपतिका लागि पुनः दरखास्त आह्वान

कोलोराडोखबर संवाददाता , January 8th, 2024

नेपाल । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ ।

यसअघिको दरखास्त आह्वानको सूचनामा उल्लेख प्रावधानको आलोचना भएपछि दोस्रो पटक सूचना प्रकाशित गरिएको हो ।

विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त व्यवस्था शंसोधन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्