३१ बैशाख २०८२, बुधबार

लगानीको वातावरण बनाउन एनआरएनका लागि महत्वपूर्ण निर्णय गरेका छौंः गृहमन्त्री लेखक

कोलोराडोखबर संवाददाता , January 12th, 2025

नेपाल । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानून संशोधन गरेको बताएका छन् ।

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका निमित्त महत्वपूर्ण निर्णय गरेको समेत बताए । कानून बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए ।

उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानून निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्