नेपाल । नेकपा (एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेवारी समुदायको संस्कृतिले नेपालीलाई एकताको सुत्रमा बाँध्न सहयोग गरेको बताउनु भएको छ ।
बुधबार काभ्रेको बनेपामा आयोजित १५ नेवा एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताउनु्भएको हो । उहाँले नेपाल थरि, थरिका जातजाति, भाषाभाषी मिलेर बनेको मुलुक भएकोले विविधतामा एकता हुनु जरुरी रहेको बताउनु भयो ।
उहाँकाअनुसार यहाँ सबै जातजाति मिलेर बस्नु र छुट्टाछुट्टै संस्कृत भएकोले नेपाली हुनुको गौरब छ । लोकतन्त्र पछि देशमा विभिन्न जातजाति भाषाभाषी सबैको पहिचानलाई राज्यले समानता प्रदान गरेको छ। नेपाल विश्वमा नै विविधतामा एकता भएको देश हो– नेपालले भन्नूभयो ।
राज्य पुनसंरचना पछि नेपालमा सबै जात, धर्म, परम्परा र संस्कृतिले सम्मानित हुन पाउनुपर्ने उहाँको तर्क छ। आफू तराईमा जन्मेकोले तराई मुलको सबै भाषा जानेको तर काठमाडौको नेवारी भाषा सिकाउने गुरु कोही नपाएको उहाँको भनाइ थियो । नेवा संस्कृतिको छुट्टै विशेषता रहेको बताउँदै राज्यले विविधताको संरक्षणका लाग्न अनुरोध गर्नु भएको छ । कुनै पनि परम्परा र संस्कृतिले हामी सबै नेपाली एक हौ भन्ने सन्देश दिने गरेको उहाँको अनुभव छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्